१२ साउन २०८३, मंगलबार

थाइल्यान्डको एक विद्यालयमा गोली चल्दा प्रधानाध्यापकको मृत्यु

Logo
आजको अपडेट बिहिबार, माघ ३०, २०८२

बैङ्कक,राससरसिन्ह्वा । दक्षिणी थाइल्यान्डको सोङ्खला प्रान्तमा बुधबार भएको गोली हानाहानमा विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको विद्यालयले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।

रोयल थाई प्रहरीले बिहीबार सामाजिक सञ्जाल मार्फत आक्रमणमा एकजना प्रिन्सिपलको मृत्यु हुनुका साथै दुई जना विद्यार्थी घाइते भएको पुष्टि गरेको छ ।

प्रहरीका आुसार संदिग्ध १७ वर्षीय स्थानीय पुरुषलाई हिरासतमा लिइएको छ अपराधीले प्रहरीबाट चोरी गरेको राइफलले अपराध गरेका थिए ।

सोङख्ला प्रान्तीय जनसम्पर्क कार्यालयले यस अघि एक बन्दुकधारीले हाट याई जिल्लाको एक विद्यालयमा आक्रमण गरी गोली चलाएको र शिक्षक तथा विद्यार्थीहरूलाई बन्धक बनाएको सङ्केत जनाएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300