२१ जेठ २०८३, बिहिबार

भयरहित वातावरणमा निर्वाचन गर्न सरकारका तर्फबाट कुनै कमी हुँदैन: गृहमन्त्री

Logo
आजको अपडेट शुक्रबार, फाल्गुण ०१, २०८२

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारका तर्फबाट कुनै कमी नहुने बताउनुभएको छ ।

शान्ति सुरक्षा, निर्वाचन र समसामयिक विषयमा नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र जिल्ला समन्वय समिति महासङ्घ, नेपालका पदाधिकारीसँग आज मन्त्रालयमा भएको छलफलमा उहाँले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२’ तयार गरी कार्यान्वयनमा ल्याइएको स्पष्ट पार्नुभयो ।

छलफलमा स्थानीय तहका छाता संगठनका प्रमुख तथा पदाधिकारीहरुले स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न आ–आफ्नो स्थानबाट समन्वयात्मक भूमिका निर्वाह गरिरहेको बताउनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा गृहसचिव राजकुमार श्रेष्ठ, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, जिल्ला समन्वय समिति महासङ्घका कार्यकारी निर्देशक भरतकुमार भट्टराई, गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्लेलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300