२१ जेठ २०८३, बिहिबार

एक थना पेस्तोल र चार राउन्ड गोलीसहित एक जना पक्राउ

Logo
आजको अपडेट शुक्रबार, फाल्गुण ०१, २०८२

काठमाडौँ । प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आज एक थना पेस्तोल र चार राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा१९च ६९० नम्बरको कार चेकजाँच गर्दा ‘मेडइन युएसए’ लेखिएको पेस्तोल एक थान र गोली चार राउन्डसहित निजलाई आज प्रहरीले पक्राउ गरेको छ ।” उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300