२१ जेठ २०८३, बिहिबार

देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा

Logo
आजको अपडेट शुक्रबार, फाल्गुण ०१, २०८२

तानसेन (पाल्पा) । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्ने बताउनुभएको छ ।

आज नेपाली कांग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बाधेन गर्दै उहाँले कांग्रेस बदलिएर आएकाले अब देश बदल्ने जनताको सपना कांग्रेसले नै साकार पार्ने बताउनुभएको हो ।

“हामी बदलिँदै गर्दा जनताको सपना बदल्छौँ”, उपसभापति शर्माले भन्नुभयो, “जेनजीको ‘मुभमेन्ट’ पछि साँच्चिकै बदलिएको पार्टी नै नेपाली कांग्रेस हो, हामीले देश बदल्ने तागत राख्छौँ ।” कांग्रेसले यस पटकको निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमध्ये १०६ जना उम्मेदवारहरू नयाँ उठाएको उहाँले बताउनुभयो । यस पटक विगतको भन्दा महिला र दलित समुदायबाट धेरै उम्मेदवारको प्रतिनिधित्व भएको नेता शर्माको दाबी छ ।

सो कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्र गोपाल सिंह, पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद नेपाल, नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनाललगायतले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300