२१ जेठ २०८३, बिहिबार

फेवातालमा जाल हान्दा एसएलआर राइफल र १८ राउन्ड गोली फेला

Logo
आजको अपडेट शुक्रबार, फाल्गुण ०१, २०८२

कास्की । पोखराको फेवातालमा अत्याधुनिक एसएलआर राइफल र सो हतियारमा प्रयोग हुने १८ राउन्ड गोली फेलापरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यही माघ २९ गते साँझ खपौँदी नजिक स्थानीय ४२ वर्षीय कुमार जलारीले जाल हानी माछा मार्ने क्रममा मु।वा। १११ ९बट० नम्बर बडी नम्बर १३८१० लेखिएको एसएलआर राइफल फेलापरेको थियो ।

हतियारसँगै सो राइफलमा लोड गरिएको १८ राउन्ड गोलीसहित एक थान म्यागजिन बरामद भएको प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । प्रहरीले तालमा फेलापरेको हतियार कसको हो भन्नेबारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

“जाल हान्दा हतियार भेटिएको सूचनापछि प्रहरी पुगेर हतियार बरामद गरेको हो । त्यो हतियार प्रहरीको हो, सशस्त्रको हो वा नेपाली सेनाको भन्नेबारेमा अनुसन्धान भइरहेको छ”, प्रनाउ बस्नेतले भन्नुभयो ।

प्रहरीको केन्द्रीय हतियार भण्डारण शाखामा हतियारको अभिलेख रहने भएकाले कसको हो भन्ने छिट्टै पुष्टि हुने प्रहरीले जनाएको छ । सो हतियार गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको हुनसक्ने पनि आकलन गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300