२१ जेठ २०८३, बिहिबार

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यी बीच भेटवार्ता

Logo
आजको अपडेट शनिबार, फाल्गुण ०२, २०८२

एजेन्सी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यी बीच भेटवार्ता भएको जनाइएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सामाजिक सञ्जाल एक्स मार्फत उनीहरूको भेटवार्ताको बारेमा जानकारी दिनु भएको हो ।

“दुवै पक्षले दुई राष्ट्र प्रमुखहरूद्वारा गरेको महत्त्वपूर्ण सहमति संयुक्त रूपमा कार्यान्वयन गर्नु पर्ने बताउदै सन् २०२६ लाई चीन र अमेरिका। आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र सहयोगको दिशामा अगाडि बढ्ने बर्ष हुने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्ने र सीले यस वर्षको अन्त्यमा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने अपेक्षा गरिएको घोषणा गरेपछि यो भेटवार्ता भएको जनाइएको छ ।

पत्रकारहरूलाई सम्बोधन गर्दै ट्रम्पले अप्रिलमा राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने बताउनु भएको छ ।

यस अघि फेब्रुअरी –४ मा ट्रम्प र सी बीच ९० मिनेटको टेलिफोन वार्ता भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300