२१ जेठ २०८३, बिहिबार

मेरो उम्मेदवारीप्रति मतदाता सकारात्मक र उत्साहित हुनुहुन्छ : बगडिया

Logo
आजको अपडेट बिहिबार, फाल्गुण ०७, २०८२

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिलीपकुमार बगडियाले घरदैलोका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको जनाएका छन् । चुनावी प्रचार गर्न आफ्नो क्षेत्रका मतदाताहरूको घरदैलोमा पुगिरहेका बगडियाले जनताबाट सकारात्मक प्रतिक्रिया पाएको बताएका हुन् ।

जनताको घरदैलोमा पुग्दा मतदाताहरूले काम गर्ने व्यक्तिलाई उम्मेदवारका रूपमा पाएको भन्दै उत्साहित बनेको बगडियाको भनाइ छ । नगरप्रमुखको रूपमा रहँदा रंगेली नगरपालिकामा कायापलट गरेका बगडियाले समग्र क्षेत्रलाई नमूना बनाउने भन्दै मतदाताले प्रसंशा गर्ने गरेको बगडिया बताउँछन् ।

बिनाकुनै तामझाम टोल–टोल पुगेर मतदातासँग उनीहरूका आशा–अपेक्षा सुन्ने गरेका बगडियाले जनतासँग आफ्ना योजना सुनाउने गरेका छन् । यसअघि पनि यसै क्षेत्रका जनतासँग नजिक भएर सक्रियताका साथ काम गरिरहेका कारण घरदैलोमा पनि सहज भएको बगडियाको भनाइ छ ।

साथै, आफ्नो उम्मेदवारीलाई लिएर मतदाता सकारात्मक र उत्साहित देखिएको बताउँदै बगडियाले सधैंभरि जनभावनाअनुरूप नै काम गर्ने बताएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट विजयी प्राप्त गरेमा क्षेत्रगत विकासका लागि मरिमेट्ने प्रतिबद्धता उनको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300