२१ जेठ २०८३, बिहिबार

मोरङ –६ मा डा. शेखरको शहर सौन्दर्यकरणको एजेन्डा

Logo
आजको अपडेट शुक्रबार, फाल्गुण ०८, २०८२

विराटनगर । नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार डा। शेखर कोइरालाले विराटनगरको मुख्य बजार क्षेत्र विराटनगरको सौन्दर्यकरण गर्ने योजना रहेको प्रतिवद्धता जनाउनुभएको छ। नेपाल तरुणदल मोरङ क्षेत्र न. ६ को क्षेत्रीय समीतीले आयोजना गरेको तरुण युवा बुथ सुरक्षा घोषणा सभा कार्यक्रमलाइ संम्बोधन गर्दै नेता कोइरालाले भन्नुभयो, “विराटनगरको मुटु गुद्रिको विकासको जिम्मा मलाई छोडिदिनुस्, म गर्छु। गर्नै पर्ने छ। यस विकासले शहरलाई सुन्दर र व्यवस्थित बनाउनेछ।”

डा। कोइरालाले विकासको पहिलो प्राथमिकता गुद्री क्षेत्रलाई दिने योजना रहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “वडा नं। ९ राम्रो देखिन थाल्यो भने यसको सन्देश सम्पूर्ण देशभर फैलिनेछ। यसले विराटनगरको पहिचान, पर्यटन प्रवर्द्धन र स्थानीय व्यवसायलाई समेत मजबुत बनाउनेछ।”

कार्यक्रमको अर्को प्रसंगमा उहाँले मोरङ क्षेत्र नं। ६ का सबै युवाहरुले मतदातासँग गएर कांग्रेसको पक्षमा काम गर्न निर्देशन दिनुभयो। उहाँले भन्नुभयो “स्थानीय समस्यामा स्थानीय कमिटीका साथीहरूले बुझेर मतदातालाई कांग्रेसलाई सहयोग गर्न आग्रह गर्नुहोस्। हामी सबै मिलेर मात्र विकासको मार्ग तय गर्न सक्छौं।” मोरङ क्षेत्र नं। ६ मा २० वटा वडाहरू छन् र ती सबै वडामा युवा कमिटी परिचालित छन्। यी कमिटीहरूले मतदातासँग कांग्रेसको समर्थनमा काम गर्दै निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याउन सहयोग गर्नेछन्।
डा। कोइरालाले विदेशमा बस्नेहरूले मत बदल्ने कुरा गर्ने भ्रममा नपर्न स्थानीय जनतालाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “स्थानीयले नै काम लाग्ने भएकाले, दुःख–सुखमा नजिकको पार्टीलाई सहयोग गर्नुहोस् र निर्वाचनमा कांग्रेसलाई जिताउन योगदान दिनुहोस्।”

उहाँले यस निर्वाचनमा जनतालाई कसैको बहकाउमा नलागी मुलुक निर्माण गर्ने पार्टी कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो। डा। कोइरालाले जोड दिनुभयो, “देश अहिले राष्ट्रिय संकटको अवस्थामा छ। राष्ट्र जोगाउन र विकास सुनिश्चित गर्न कांग्रेसलाई जिताउनुपर्छ, नत्र हामी आफैं दुःख भोग्न बाध्य हुनेछौं।”

यसरी नेता कोइरालाले गुद्रीको विकास मार्फत विराटनगरलाई सुन्दर, व्यवस्थित र घुम्न योग्य बनाउने आफ्नो योजना प्रस्तुत गर्दै मोरङ क्षेत्र नं। ६ मा कांग्रेसको पक्षमा समर्थन जुटाउन अभियान सुरु गर्नुभएको छ। उहाँको प्रतिवद्धता र योजनाले शहरको विकास र जनताको विश्वास दुवैलाई मजबुत बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा नेपाली कांग्रेस विराटनगरका सभापती दिपक चापागाँइ, युवा नेता सञ्जीव चापागाइ, तरुदल मोरङका युवा नेता खेम थापा लगायतले बोल्नु भएको थियो । तरुदल क्षेत्रीय सभापती मुकेश कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाल तरुणदल क्षेत्रीय समीतीले बुथ सुरक्षा गर्ने उदेश्यले रोनाल कँडेलको संयोजकत्वमा ७ जनालाइ बुथ सुरक्षा समीती गठन गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300