२१ जेठ २०८३, बिहिबार

सुनसरी -३ का तीनसय बढी जेनजी युवा एमाले प्रवेश

Logo
आजको अपडेट शनिबार, फाल्गुण ०९, २०८२

विराटनगर । सुनसरी ३ का तीनसय बढी जेनजी युवा एमाले प्रवेश गरेका छन । इटहरीमा आयोजित जेनजी सँग भेटघाट तथा अन्तक्रिया कार्यक्रममा ३सय युवा भगबती चौधरी लाई जिताउने अभियानमा सक्रिय बन्ने जनाउँदै एमाले प्रवेश गरेका हुन । एमाले उम्मेद्वार भगबती चौधरीले जेनजी युवालाई एमालेमा स्वागत गर्नुभयो ।

सुनसरी ३ युवा परिचालन कमिटीले वडा नम्बर ६ देखि १५ सम्मका युवा सहभागि गराएर कार्यक्रम आयोजना गरेको कार्यक्रमका अध्यक्ष युवा नेता सबिन श्रेष्ठले बताउनुभयो । कार्यक्रममा सुनसरी ३ की एमाले उम्मेद्वार भगबती चौधरीले देशबिकास गर्न युवामा लगानी जरूरी रहेको बताउनुभयो ।

उहाँले युवालाई देशमै स्वरोजगार बनाउनुपर्ने मा जोड दिनुभयो । सुनसरी ३ का चुनाबी कमाण्डर लिलम बस्नेतले भगबती चौधरीलाई ११ हजार बढी मतान्तरले जिताउने प्रतिबद्धता व्यक्त गर्नुभयो । गत निर्बाचनमा नेपाली काँग्रेसका बिजय गच्छदारलाई भगबती चौधरीले ५ हजार १ सय ८८ मतान्तरले जित्नुभएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300