२१ जेठ २०८३, बिहिबार

कोशी, मधेस, बाग्मती र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

Logo
आजको अपडेट शुक्रबार, भाद्र ०७, २०८१
कोशी, मधेस, बाग्मती र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

आज कोशी, मधेस, बाग्मती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशैभरका केही ठाउँमा पानी परे पनि लगातार झरी नपर्ने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनु भयो ।

अहिले पनि मधेश प्रदेशका थोरै ठाउँहरूमा तथा बाग्मती र कर्णाली प्रदेशका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विशेष गरेर अहिले मधेश प्रदेशको बारा जिल्ला आसपास ठूलो पानी  परिरहेको छ ।

गएको २४ घण्टामा बारा, सिन्धुपाल्चोक, बाँके, इलाम, झापा, ओखलढुङ्गालगायतका ठाउँमा ठूलो पानी परेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300