२१ जेठ २०८३, बिहिबार

रोजगारी, सुशासन र पारदर्शिता प्राथमिकतामाः सभापति लामिछाने

Logo
आजको अपडेट मंगलबार, फाल्गुण १२, २०८२

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा रोजगारी, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्ने बताउनुभएको छ ।

आज इटहरीमा आयोजित पार्टीको परिवर्तन उद्घोष सभामा उहाँले देश नयाँ इतिहास लेख्ने चरणमा पुगेको उल्लेख गर्दै आगामी २१ मा हुने मतदानले परिवर्तनको दिशालाई स्पष्ट पार्ने विश्वास व्यक्त गर्नुभयो । निर्वाचनपछि प्राप्त परिणामलाई सबैले स्वीकार गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

सभापति लामिछानेले देशमा विधिको शासन स्थापना गर्नुपर्नेमा जोड दिँदै उहाँले भ्रष्टाचारविरुद्ध आफ्नो पार्टी कठोर रूपमा प्रस्तुत हुने बताउनुुभयो । उहाँले विसं २०४६ सालदेखि भएका सबै काण्डको छानबिन हुने बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300