२१ जेठ २०८३, बिहिबार

ब्राजिलमा भारी वर्षाका कारण १४ जनाको मृत्यु

Logo
आजको अपडेट मंगलबार, फाल्गुण १२, २०८२

ब्रासिलिया । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा भारी वर्षाका कारण कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य बेपत्ता हुनुका साथै ४०० भन्दा बढी विस्थापित भएका मिनास गेराइस राज्यका अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् ।

जुइज डे फोरा नगर प्रमुखको कार्यालयले हताहत हुनेको सङ्ख्या उल्लेख नगरिकन सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार बाढी, पहिरो र नदीको बहाव बढेपछि केही व्यक्ति हताहत भएको जनाएको छ ।

मिनास गेराइस अग्नी नियन्त्रण विभागलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार १४ जनाको मृत्यु भएको छ भने कम्तीमा ४५ जना बेपत्ता भएका छन् ।

जुइज डे फोराका मेयर मार्गरिडा सालोमाओले लगातारको तीव्र र वर्षालाई लिएर सङ्कटकाल घोषणा गर्नुभएको छ ।

आधिकारिक तथ्याङ्कका अनुसार यो महिना जुइज डे फोरामा सबैभन्दा बढी वर्षा भएको रेकर्ड गरिएको छ । रासस/एएफपी

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300