२१ जेठ २०८३, बिहिबार

जोगी सर’ले कसरी बनाउँदै छन् जनतालाई जोगी ?

Logo
आजको अपडेट शुक्रबार, फाल्गुण १५, २०८२

विराटनगर । जीवन विकास समाजको सुरुआत गर्नुभन्दा अघि दुई वर्षजति धनपालथान (साविक अमाहिवरीयाती) का विद्यार्थीहरूलाई निःशुल्क ट्युसन पढाएपछि योगेन्द्र मण्डललाई ‘जोगी सर’को उपनाम दिइएको थियो । जनताले सम्मानका साथ दिएको उक्त उपनाम अहिले उनलाई भोट भजाउने अस्त्र बनेको छ ।

२०५४ सालमा लघुबित्त क्षेत्रमा हात हालेका उनै जोगी सरले राजनीतिमा लागेपछि भने आफ्नो सामाजिक छविका कारण बनेको जीवन विकास समाजलाई भोटको ढाल बनाएका हुन् ।

दुरदराजका जनताको आर्थिक जीवनस्तर उकास्नका लागि सुरु भएको जीवन विकासमा ३०औं हजार आवद्ध छन्, जीवन विकासमा उनीहरूको खुन र पसिनाको लगानी छ । एउटा पब्लिक संस्था चलाउँदै आएका जोगी सर र त्यहाँ आबद्ध कर्मचारीहरू मिलेर जनतालाई जोगी बनाउने काममा उद्दत्त देखिएका छन् । जीवन विकासको जगमा २०७९ सालको चुनाव जितेका जोगी सर जनताको लगानीको अर्थविपरीत कम्मर कसेर लागेका हुन् ।

नेकपा एमालेले नपत्याएपछि स्वतन्त्र उम्मेदवारी दिएर सनसनीपूर्ण जित निकालेका जोगी सर सामुदायिक अस्पतालको नाम दिइएको निजी अस्पताल, जीवन विकास लघुवित्त र जीवन विकास डेरीको आडमा स्वार्थको लडाइँ लड्दै छन् । अरूबेला ऋणिलाई रुवाएर ऋण असुल गर्ने गरेका जोगी सरले चुनाव लागेसँगै उनीहरूको ऋण माफ गर्दिने र किस्ता मिनाहा गर्दिने भन्दै प्रलोभनमा पार्ने गरेका छन् ।

त्यतिमात्र नभएर आफ्नो निार्वाचन क्षेत्रका व्यक्तिलाई जागिर लगाइदिने अनि अस्पतालमा निःशुल्क उपचार गर्दिनेलगायतका अनेकौं फन्डा चलाउँछन् । जीवन विकास अस्पतालको प्रबर्द्घनको बहानामा स्थानीय मिडियासँग सम्झौता गर्ने अनि अस्पतालको प्रचार सामग्रीको सट्टा आफूले भोट अपिल गरेको भिडियो पोस्ट गर्न उनले दबाब दिने गरेका छन् ।

अरूबेला जीवन विकास लघुवित्तमा आबद्ध ऋणिहरूमाथि मिटरब्याजको अनुपातमा ब्याज लिएर चौतर्फी आलोचना खेपेका जोगी सर चुनावी अभियानका क्रममा आममतदाताबाट घेरामा पर्ने गरेका छन् । अब, क्षेत्र नम्बर ५ का मतदाता सचेत भइसकेका छन्, अस्पताल र लघुबित्तलाई भोट बैंक बनाउन सफल बनेका जोगी सरलाई यसपटक मतदाताले नै रोक्ने देखिएको छ ।

लघुवित्तमार्फत् बचतकर्ताको उद्दार गरेँ भन्दै ढोल पिट्ने जोगी सर ऋणिहरूलाई जोगी बनाउन सिपालु छन् । त्यसबाहेक सदनमार्फत् सरकारलाई आफ्ना क्षेत्रका समस्या सुनाउन बिर्सिएका जोगी तीन वर्षजति सांसद रहँदा आफू कुन पार्टी प्रवेश गर्ने र सत्तामा कसरी पुग्ने भन्ने विषयमै अल्मलिरहे । क्षेत्र विकासमा उनले चासो नलिँदा जनताले सधैं सास्ती भोगिरहनुपर्यो ।

अघिल्लो निर्वाचनबाट निर्वाचित भएपछि केही दिन सामुदायिक विद्यालय र सार्वजनिक अस्पतालको शौचालय सफा गरेर अरूको ध्यान खिचेका उनी यसपालिको निर्वाचनमा भने चौतर्फी घेराबन्दीमा छन् । विशेषगरी बलिया प्रतिद्वन्द्वीको आगमन र नयाँ दलको जनलहरले गर्दा उनलाई फागुन २१ गते हुने संसदीय निर्वाचन सकसपूर्ण छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300