११ जेठ २०८२, शनिबार

सुनकोशी नदीमा खसेको जीप भेटियो : बेपत्ता तीन जनाको अवस्था अझै थाहा हुन सकेन

Logo
आजको अपडेट आइतबार, भाद्र ०९, २०८१
सुनकोशी नदीमा खसेको जीप भेटियो

विराटनगर । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जीप भेटिएको छ । गोताखोरको टोलीले बेपत्ता प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको जीप क्षतिग्रस्त अवस्थामा गएराति फेला पारेको हो ।

खोटाङको हलेसीबाट काठमाण्डौका लागि छुटेको जीप हिजो बेलुका सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो । मध्यपहाडी लोकमार्गमा गुडिरहेको जीप सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता छन् । उनीहरुको अवस्था अझै थाहा हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार गाडी खस्दा चालक भक्तपुरको सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन् ।

हाम फालेर ज्यान जोगाएका अर्का एक जना सुशान्त कक्षपति घाइते हुनुहुन्छ । उहाँको स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । बेपत्ताको खोजी भइरहेको र खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहित प्रहरी टोली खटिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300