२१ जेठ २०८३, बिहिबार

इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित

Logo
आजको अपडेट आइतबार, फाल्गुण १७, २०८२

क्वालालम्पुर । इरानमा अमेरिका र इजरायलको आक्रमणपछि एसियन फुटबल कन्फेडेरेसन ९एएफसी० ले मध्यपूर्वका क्लबहरूले खेल्ने आइतबारको पहिलो लेग नकआउट खेलहरू स्थगित गरेको छ । यस निर्णयले च्याम्पियन्स लिग एलिटसहित एएफसीका तीनवटै मुख्य क्लब प्रतियोगिताका खेलहरू पुनः तालिका बनाउने वातावरण सिर्जना गरेको छ ।

मलेसियामा मुख्यालय रहेको एएफसीले जारी विज्ञप्तिमा भन्यो, “मध्यपूर्वको बढ्दो तनावलाई ध्यानमा राख्दै मार्च २–३, २०२६ का लागि तय पश्चिम क्षेत्रका खेलहरू अब पुनः निर्धारण गरिनेछ ।” बोर्डले खेलाडी, टोली, अधिकारी र दर्शकहरूको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता कायम रहेको बताएको छ ।

स्थगित खेलहरूमा कतारको अल–दुहैल र साउदी पावरहाउस अल–अहलीबीचको नकआउट खेल समावेश छ । दुबईमा आधारित शबाब अल–अहली र इरानको ट्र्याक्टर क्लबबीचको खेल तथा अबु धाबी क्लब अल वाहदा बनाम अल–इत्तिहादको खेल पनि प्रभावित भएका छन् ।

एएफसीले भने कि एसियाली क्षेत्रका अन्य स्थानमा हुने खेलहरू पूर्वनिर्धारित रूपमा जारी रहने तर मध्यपूर्वको सुरक्षा चुनौतीका कारण तालिका फेरबदल अपरिहार्य भएको जनाएको छ ।

यस कदमले खेलकुदमा पनि अन्तर्राष्ट्रिय द्वन्द्वको प्रभाव देखाएको छ र क्षेत्रीय अस्थिरताका बीच फुटबल खेलाडी, क्लब र प्रशंसकको सुरक्षामा थप प्राथमिकता दिएको छ । रासस/एएफपी

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300