२१ जेठ २०८३, बिहिबार

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

Logo
आजको अपडेट मंगलबार, फाल्गुण १९, २०८२

जनकपुर । मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाको आज अन्तिम दिन जनकपुरधाममा पञ्चकोशी अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको छ ।

जनकपुरधामको हनुमानगढीबाट फाल्गुन शुक्लपक्ष प्रतिपदा तिधिबाट सुरु भएर फाल्गुन पूर्णिमासम्म सञ्चालन हुने मिथिला मध्यमा परिक्रमामा यसपटक लाखौँ तीर्थयात्री सहभागी भएका छन् । मिथिला मध्यमा परिक्रमामा १४ दिन सहभागी हुनेहरू अनिवार्य अन्तरगृह परिक्रमामा सहभागी हुने चलन छ ।

परिक्रमा मार्गमा होलीका दहनका लागि बालिएको आगोको राख उडाउँदै बिहानदेखि भक्तजन अन्तरगृह परिक्रमामा सहभागी भएका थिए । परिक्रमाका तीर्थयात्रीहरूले नेपालका १०७ र भारतको २६ गरेर १३३ किलोमिटरको दूरी खाली खुट्टा यात्रा गर्ने गर्छन्

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300