२१ जेठ २०८३, बिहिबार

धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

Logo
आजको अपडेट मंगलबार, फाल्गुण १९, २०८२

काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ ।

आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुष्टि भएपछि साहको उम्मेदवारी खारेज गरिएको जानकारी दिए ।

कर्जा सूचना केन्द्रको अद्यावधिक विवरणअनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका साह २०८० सालको कालोसूचीमा समावेश रहेको पाइएको छ ।

विभिन्न मितिमा उनको नाम एकल तथा संयुक्त रूपमा चेक बाउन्ससम्बन्धी कालोसूचीमा परेको विवरणसमेत उल्लेख रहेको आयोगले जनाएको छ ।

आयोगले सम्बन्धित कानुनी प्रावधानअनुसार उम्मेदवारी खारेज गर्ने निर्णय गरिएको स्पष्ट पारेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300