२१ जेठ २०८३, बिहिबार

रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

Logo
आजको अपडेट शुक्रबार, फाल्गुण २२, २०८२

रुकुम पूर्व । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ । बिहीबार सम्पन्न निर्वाचनको मतगणनामा उहाँले १० हजार २४० मत प्राप्त गरी विजयी हुनुभएको हो ।

सो निर्वाचन क्षेत्रमा खसेको १९ हजार १८८ मत गणना गर्दा संयोजक दाहालले आफ्ना निकटतम प्रतिद्वन्दीलाई ६ हजार ७७८ मतले पछि पार्नुभयो । निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार लीलामणि गौतमले ३ हजार ४६२ मत र नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिनुभयो ।

रुकुम पूर्वमा ३४ हजार ७ सय ७२ मतदाता रहेकामा १९ हजार १८८ मत खसेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300