२१ जेठ २०८३, बिहिबार

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुनको विजय नजिक

Logo
आजको अपडेट शनिबार, फाल्गुण २३, २०८२

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार महाविर पुन करिब चार हजार मत गणना बाँकी हुँदा १२ हजार ६०० भन्दा बढी मतान्तरले अगाडि हुनुहुन्छ ।

धौलागिरि, मालिका, मङ्गला गाउँपालिका, बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको ४१ वटा वडाको मतगणना सकिँदा पुनले २० हजार २०८ मतसहित अग्रता बनाउनुभएको हो ।

पुनको गृहपालिका अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ को तीन हजार ९०६ मत गणना हुन बाँकी छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले० का हरिकृष्ण श्रेष्ठले हालसम्म सात हजार ५२४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार २७५, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले तीन हजार ४१२ मत प्राप्त गर्नुभएको छ । बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो । बयालीस हजार ४४५ मत गणना सकिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300