२१ जेठ २०८३, बिहिबार

सुनसरी–२ मा रास्वपाका थापा विजयी

Logo
आजको अपडेट आइतबार, फाल्गुण २४, २०८२

सुनसरी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का लालविक्रम थापा विजयी हुनुभएको छ ।

थापा ५७ हजार ३४८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत राजेन्द्रकुमार लम्सालले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उम्मेदवार सुजन लामाले आठ हजार ३०३ मत तथा श्रम संस्कृति पार्टीका चेतन राईले सात हजार ४८४ मत प्राप्त गर्नुभयो ।

यस क्षेत्रमा विभिन्न १९ दल र स्वतन्त्रका नौसहित २८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । इटहरी, इनरुवा, देवान्गञ्ज, राधुनी, हरिनगरा गरी ३० वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ५८ हजार ९१० मतदाता रहेकामा एक लाख एक हजार चार मत खसेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300