२१ जेठ २०८३, बिहिबार

रवि लामिछाने र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको फोन

Logo
आजको अपडेट सोमबार, फाल्गुण २५, २०८२

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० ले टेलिफोन संवाद गरेका छन् ।

मोदीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिँदै रास्वपाको निर्वाचन सफलताका लागि दुवै नेतालाई बधाई दिएका हुन् ।

 

उनले रास्वपाले नेपालमा हासिल गरेको उल्लेखनीय सफलताका लागि लामिछाने र शाहलाई शुभकामना व्यक्त गर्दै आगामी सरकार गठनका लागि पनि शुभेच्छा प्रकट गरेका छन् । साथै उनले भारत सरकार नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुई देशका नागरिकको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

मोदीले भारत र नेपालबिचको सम्बन्ध आगामी वर्षहरूमा अझ नयाँ उचाइमा पुग्ने विश्वास पनि व्यक्त गरेका छन् । उनले दुवै देशले संयुक्त प्रयासमार्फत द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै लैजाने अपेक्षा व्यक्त गरेका छन् ।

नेपालको हालै सम्पन्न निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेपछि भारतीय प्रधानमन्त्रीले पार्टीका शीर्ष नेतासँग टेलिफोन वार्ता गर्दै बधाई दिएका हुन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300