२१ जेठ २०८३, बिहिबार

इनिसा विकलाई न्याय दिनुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन

Logo
आजको अपडेट बिहिबार, फाल्गुण २८, २०८२

काठमाडौँ । इनिसा विकको हत्यामा संलग्नलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

जात व्यवस्था उन्मुलन मोर्चा नेपालको अगुवाइमा दलित समुदायका युवाले इनिसाको बलात्कारपछि हत्या घटनाको निष्पक्ष, पारदर्शी र गम्भीर अनुसन्धान गर्नुपर्ने र पीडितलाई न्यायको निमित्त घटनाको निष्पक्ष, पारदर्शी र गम्भीर अनुसन्धान गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले दोषीलाई कुनै पनि बहाना वा प्रभावका आधारमा उन्मुक्ति नदिन, अभियुक्तको उमेर घटाउने वा प्रमाण कीर्ते गर्ने प्रयास भए त्यसमा संलग्न सबैमाथि कडा कारबाही गर्नुपर्ने र पीडितका परिवारलाई न्याय, सुरक्षा तथा आवश्यक संरक्षण सुनिश्चित गर्नुपर्ने माग पनि गरेका छन् ।

प्रदर्शनमा सहभागीहरुले ‘बलात्कारीलाई कारबाही गर’, ‘स्टप रेप’, ‘इनिसाका परिवारलाई न्याय दे’ र ‘अपराधीलाई छुट दिन पाइँदैन’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

सोही अवसरमा दलित अभियन्ता रुपा सुनारले घटना भएको पाँचौँ दिनसम्म पनि दोषीलाई कारबाही गर्ने विषयमा राज्यले बेवास्था गरिरहेको भन्दै गुनासो गर्नुभयो ।

सुर्खेतस्थित गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, सहिद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनलाई प्रहरीले प्रदेश अस्पताल कालागाउँमा पु¥याएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकका आफन्तहरूले सामूहिक बलात्कार भएको भन्दै २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले इनिसाको बलात्कारपछि मृत्यु भएको देखाएको छ । सो घटनामा सुर्खेत प्रहरीले चार जनालाई पक्राउ गरेको छ । राष्ट्रिय दलित नेटवर्क, नेपाल र पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानलगायत सङ्घसंस्थाले पनि सोही घटनाका दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300