२१ जेठ २०८३, बिहिबार

कोमोरोसमा १७ आप्रवासीको मृत्यु

Logo
आजको अपडेट बिहिबार, चैत्र ०५, २०८२

अन्तानानारिभो । कोमोरोसको समुद्री तटमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७ आप्रवासीको मृत्यु भएको गृहमन्त्री मोहम्मद अहमद असौमानीले बिहीबार जानकारी दिनुभएको छ।

“डुङ्गाबाट कोमोरोस ल्याइएका ५१ जना आप्रवासीमध्ये बिहीबार ३० जना मात्रलाई जीवितै उद्धार गरिएको छ,” उहाँले भन्नुभयो ।

“उनीहरूमध्ये बुधबार राति आठ जनाको मृत शरीर समुद्रबाट उद्धार गरिएको थियो, बिहीबार बिहान थप नौ जनाको शव भेटिएको छ भने चार जना अझै हराइरहेका छन् ।”

गृहमन्त्री असौमानीले भन्नुभयो, “बाँचेकाहरूलाई अस्पताल लगिएको छ र सामुद्रिक गार्डmे उनीहरूको खोजी कार्य जारी राखेका छन्।

बाँचेकाहरू प्रजातान्त्रिक गणतन्त्र कङ्गोका हुन् भन्ने विश्वास गरिएको छ, यद्यपि उनीहरूको पहिचानका लागि अझै काम भइरहेको छ । उनीहरू मायोट जाने योजना बनाइरहेका थिए।

कोमोरोसमा यति ठूलो आप्रबासीको मृत्युको घटना यो पहिलो हो । रासस/सिन्ह्वा

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300