२१ जेठ २०८३, बिहिबार

युद्धको समयमा ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा १०० भन्दा बढी व्यक्ति पक्राउ

Logo
आजको अपडेट शुक्रबार, चैत्र ०६, २०८२

अबु धाबी । मध्यपूर्व युद्धको समयमा गलत सूचना खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको संयुक्त अरब इमिरेट्सको अबु धाबी प्रहरीले शुक्रबार जनाएको छ। खाडी देशहरूले इस्लामिक गणतन्त्रमा अमेरिका र इजरायलको आक्रमणपछि सुरु भएको द्वन्द्वको क्रममा इरानले गरेको आक्रमणसँग सम्बन्धित फुटेज र पोष्टहरूमा कडाइ गरिरहेका बेला उनीहरू पक्राउ परेका हुन्।

“अबु धाबी प्रहरीले इरानी आक्रमणस्थल र घटनाहरूको भिडियो खिचेको र सामाजिक सञ्जालमार्फत गलत जानकारी प्रसारित गरेका विभिन्न देशका १०९ व्यक्तिहरूलाई पक्राउ गरेको घोषणा गरेको छ,” अबु धाबी प्रहरीले एक्समा जारी एक विज्ञप्तिमा उल्लेख गरेको छ।

“यस्ता कार्यहरूले जनमत भड्काउन र समुदायका सदस्यहरूमा अफवाह फैलाउन सक्छ,” विज्ञप्तिमा भनिएको छ।

युएईका महान्यायाधिवक्ताले गलत सूचना प्रकाशित गरेको, युद्धसँग सम्बन्धित घटनाहरूको भिडियो खिचेको वा फुटेज प्रकाशित गरेको वा ‘शत्रुतापूर्ण राज्य र यसको राजनीतिक र सैन्य नेतृत्व’ को महिमामण्डन गरेको आरोपमा अहिलेसम्म ३५ जनालाई पक्राउ गर्न आदेश दिनुभएको छ।

इरानले अमेरिकी सम्पत्तिका साथै तेल र ग्यास सुविधा, विमानस्थल र आवासीय क्षेत्रलगायत नागरिक पूर्वाधारमाथि पनि आक्रमण गरिरहेको बेला खाडीभर पनि यस्तै उपायहरू अपनाइएको छ ।

कतारमा अधिकारीहरूले युद्धको समयमा ‘भ्रामक सूचना’ र तस्बिरहरू साझा गरेको आरोपमा ३०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेका छन् ।

बहराइन र कुवेतले पनि यस्तै कदम चालेका छन् ।

अमेरिका–इजरायल सैन्य अभियानको जवाफमा इरानले गरेको आक्रमणबाट खाडी क्षेत्र प्रभावित भएको छ । रासस एएफपी

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300