२१ जेठ २०८३, बिहिबार

दुहबी नगरप्रमुख र स्वास्थ्य मन्त्रालय साथै कुटनितिक नियोगका स्वास्थ्य विज्ञ बिच अन्तरक्रिया

Logo
आजको अपडेट आइतबार, चैत्र ०८, २०८२

विराटनगर । दुहबी नगर प्रमुख बेद नारायण गच्छादार ले प्रदेश स्वास्थ्य मन्त्रालय कोशी का बिज्ञ डाक्टर सुरेस मेहेता, बेलायति राजदुतावास काठमाडौं का स्वास्थ्य बिज्ञ डा दिपक कार्की, डा सन्जय नायक , डाक्टर माइकल ओङ बेलायत, डा दिपक पौडेल र कमल कोइराला करुणा फाउन्डेशन संग स्वास्थ्य क्षेत्रका जनशक्ति ब्यावस्थापन मा रणनितिक योजना सम्बन्धित सामुहिक छलफल गरेका छन्।

दुहबी नगरपालिकामा आज आयोजित उक्त छलफलमा उपमेयर मेनुका खतिवडा, प्रमुख प्रशासकिय अधिकृत सुवर्ण घिमिरे, स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर प्रसाद मेहेता, उचित नारायण साह समेत को उपस्थिति रहेको थियो।

बिषेस गरि नगरपालिकाले जनस्वास्थ्यको क्षेत्रमा सेवा प्रवाह गर्ने उदेश्यले सन्चालित आधारभुत अस्पताल सन्चानको दिर्घकालिन रणनितिक योजना, स्वास्थ्य कर्मचारीहरुको उचित ब्यावस्थापन, स्विपर , एम्बुलेन्स चालक देखी बिशेशज्ञ डाक्टर सम्म र ब्यावस्थापकिय क्षेत्र देखि मेडिसिन सम्मको कम्पिटेन्सि र मोटिभेसन सहितको क्वालिटि सर्भिस बारे गहन छलफल भएको थियो।

नगर प्रमुख गच्छादारले बिज्ञ टिम समक्ष आगामी सरकारले आधारभुत स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने निति नियम, अनुदान रकम, स्वास्थ्य बिमा भुक्तानि र सेवा सन्चालन साथै न्युट्रेशन ( गर्भवति भएको दिनदेखी २ बर्षको बच्चा नहुन्जेल आवश्यक पोषण) र आधारभुत अस्पतालको फोहोर ब्यावस्थापनको पक्षमा सरकार निशर्त र निसन्देह लाग्नु पर्ने सुझाव पेश गरेका छन्। उनले संघिय सरकारले दिदै आएको ३२ जना आधारभुत अस्पतालको दरबन्दी दुहबीको भुगोल , जनसंख्या र बिमारिको चाप लाइ धान्न नसक्ने र अनुदान रकमले स्वास्थ्यकर्मीको एक महिनाको तलब समेत दिन नसक्ने हुदा ठुलो चुनौतिको सामना गर्नु परेको बन्दै दिर्घकालिन स्वास्थ्य सेवा प्रवाअका लागी पिपिपि ( पब्लिक प्राइभेट पार्टनरसिप) मोडलमा जानु पर्ने अवधारणा अनिवार्य रहेको कम्तिमा स्वास्थ्यकर्मीले न्ययोचित तलब पाउनु पर्ने साथै शिक्षा भन्दा स्वास्थ्य क्षेत्रमा सरकार बढि लगानी गर्नु पर्ने अवधारणा राखेका छन्।

प्रमुख प्रशासकिय अधिकृत सुवर्ण घिमिरेले आधारभुत अस्पताल सन्चालनका ९ वटा तत्व पुरागर्न MD डाक्टर २ जना , गाइनो , बालरोग बिशेषज्ञ र मिनि अपरेशन अनिवार्य सर्त रहेको र संघिय सरकारले नया नितिमा यी बिषय समावेश गर्नुपर्ने सुझाव राखेका छन्।

बिषेसज्ञ टोलिले खाना, पोषण, सुद्द पानी लाइ प्राथमिकता राख्दै कुपोशित बालबालिकाको स्वास्थ्यलाइ ध्यान राख्न रे एक्टिभ भएर हैन प्रो प्रोएक्टिभ योजना अगाडि बढाउनु पर्ने दुहबी नगरपालिकाको रणनितिक योजना स्वागत योग्य रहेको भन्दै मन्त्रालयमार्फत सरकारको धायाकर्षण गराउने बताएका छन्। बिज्ञ टोलि उक्त अन्तर्कृया पछि दुहबी नगर आधारभुत अस्पताल निरिक्षण गरेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300