२१ जेठ २०८३, बिहिबार

महिलाको हत्याका अभियोगमा किशोर पक्राउ

Logo
आजको अपडेट मंगलबार, चैत्र १०, २०८२

सिद्धार्थनगर (भैरहवा) । शुद्धोधन गाउँपालिका–१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या अभियोगमा इलाका प्रहरी कार्यालयले १५ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार गत चैत २ गते राति आफ्नै पसलमा सुतिरहेकी पटवामाथि कैची प्रहार गरी हत्या गरिएको थियो । घटनामा संलग्न रहेका आरोपमा पक्राउ परेका किशोर मृतककै छिमेकी हुन् । किशोरले लागुऔषध किन्न पैसा अभाव भएपछि चोरी गर्ने उद्देश्यले पसलमा प्रवेश गरेको र सो क्रममा विवाद हुँदा हत्या गरेको बयान दिएका बताइएको छ ।

प्रहरीका अनुसार मध्यरातमा भएको उक्त घटनामा किशोरले मृतकको टाउको, अनुहार र घाँटीमा अन्धाधुन्ध कैची प्रहार गरेका थिए । घटनापछि फरार रहेका किशोरलाई प्रहरीले गत शनिबार नियन्त्रणमा लिएको थियो । जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300