२१ जेठ २०८३, बिहिबार

इरानी उर्जा पुर्वाधारमा पाँच दिनका लागि आक्रमण स्थगितः ट्रम्प

Logo
आजको अपडेट मंगलबार, चैत्र १०, २०८२

तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग उपलब्धी मुलक वार्ता गरे पछि इरानी उर्जा पुर्वाधार विरुद्धको आक्रमण पाँच दिनका लागि स्थगित गरेको बताउनु भएको छ । यद्यपि इरानले भने वार्ता भएको कुरा अस्वीकार गरेको छ ।

यदि इरानले ४८ घण्टा भित्र हर्मुजको जलक्षेत्र पूर्ण रूपमा नखोलेमा सम्पुर्ण इरानी पुर्वाधारहरु नष्ट गर्ने ट्रम्पको धम्की पछि आक्रमण स्थिगितको सुचना आएको जनाइएको छ ।

इरानले शान्ति वार्ताको दावीलाई अस्वीकार गर्दै द्वन्द्वरत स्थिति कायम रहेको जनाएको छ । इरानी संसदका प्रमुख मोहम्मद बाघेर घालीबाफले तेहरान वासिङ्टनसँग वार्ताका लागि अझै तयार नभएको सुझाव दिनु भएको छ ।

इरानी जनताले आक्रमणकारीहरूलाई सजायको माग गरेको गालिबफले ट्रम्पको टिप्पणीको जवाफमा उल्लेख गर्नु भएको छ । संयुक्त राज्य अमेरिकासँग कुनै वार्ता नभएको पुष्टि गर्दै उहाँले ट्रम्पको पछिल्लो प्रयास वित्तीय र तेल बजारलाई सहजीकरण गरी स्थिती सहज बनाउने बाहानावाजी भएको बताउनु भएको छ ।

इरानको फार्स समाचार एजेन्सीले ट्रम्पसँग सम्पर्क नभएको बताएको छ, भने विदेश मन्त्रालयले ट्रम्पको टिप्पणी सैन्य योजनाका लागि ऊर्जाको मूल्य घटाउने र वजार सन्तुलन गर्ने प्रयास भएको जनाएको छ । रासस/ सिन्हुआ

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300