२१ जेठ २०८३, बिहिबार

बजेट अभावमा विद्यालय भवन निर्माण अधुरो

Logo
आजको अपडेट मंगलबार, चैत्र १०, २०८२

पर्वत । दक्षिण यहाँको विहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण विगत तीन वर्षदेखि अधुरो बनेको छ ।

विहादी गाउँपालिका–४ वहाकीको लिम्सिङस्थित रम्बादेवी माता आधारभूत विद्यालयको निर्माणाधीन आठ कोठे पक्की भवन आर्थिक अभावमा अधुरो बनेको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत शिक्षा मन्त्रालयबाट विनियोजित ३६ लाख बजेटमा निर्माण थालिएको थियो । थप बजेट व्यवस्थापन हुन नसक्दा भवन निर्माण स्थगित भएको हो ।

भवन सम्पन्न नहुँदा विद्यार्थी कष्टकर अवस्थामा अध्ययन गर्न बाध्य छन् । चार कक्षासम्म पढाइ हुने विद्यालयमा हाल १९ जना विद्यार्थी रहेको प्रधानाध्यापक शिवानी पुनले जानकारी दिनुभयो । विद्यार्थीलाई भवनको भूँई तलाको टिनले बारिएको कोठामा पढाउँदै आएको उहाँले बताउनुभयो ।

साना बालबालिकालाई टिनले बेरेको कोठामा राख्दा हावाहुरी आउँदा कतै टिन उडाएर घाइते बनाउँछ कि भन्ने चिन्ताले अभिभावक र शिक्षकलाई सताउने गरेको प्रधानाध्यापक पुनले गुनासो गर्नुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300