२१ जेठ २०८३, बिहिबार

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

Logo
आजको अपडेट बुधबार, चैत्र ११, २०८२

इटहरी (सुनसरी) । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम पार्लरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

आज बिहान लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । उहाँका अनुसार क्याफेको भान्साबाट आगलागी सुरु भएको हो । आगो लाग्नासाथ सुरक्षाकर्मी र स्थानीय निभाउन खटिएका थिए ।

“आगलागीको कारण र यसबाट भएको क्षतिको विवरण यकिन भएको छैन”, उहाँले भन्नुभयो । आगो निभाउन धरान, रामधुनी, इनरुवा, मोरङको विराटनगर र सुन्दरहरैंचाबाट बारुणयन्त्र (दमकल) मगाइएको थियो । बिहानको समयमा क्याफे बन्द रहेकाले मानवीय क्षति हुनबाट जोगिएको प्रहरी नायब उपरीक्षक हमालले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300