२१ जेठ २०८३, बिहिबार

प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी

Logo
आजको अपडेट बुधबार, चैत्र ११, २०८२

वीरगञ्ज (पर्सा) । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।

वीरगञ्जको नारायणी रङ्गशालामा भएको उक्त खेलमा मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो । सुरुआती चरणमा ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६० रन बनायो । एक सय ६१ रनको लक्ष्य मधेस प्रदेशले ३३ दशमलव ४ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो ।

मधेस प्रदेशको जितमा अरनिको यादवको ४६, मोहम्मद आदिल आलमको ३४ र पवन सर्राफको २१ रन समावेश थियो ।

त्यस्तै सुदूरपश्चिमका लागि ब्याटिङ गर्ने क्रममा अभिषेक पालले ४५ बलमा ३३ रन तथा किरण ठगुन्नाले २३ रन जोडे । बलिङतर्फ मधेस प्रदेशका अरनिको यादवले तीन तथा प्रदीप पासवानले दुई विकेट लिए ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब तथा सात प्रदेशको सहभागिता छ । प्रतियोगिताको विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300