२१ जेठ २०८३, बिहिबार

नवनियुक्त प्रधानमन्त्री शाहको पुख्र्यौली गाउँमा उत्सव

Logo
आजको अपडेट शुक्रबार, चैत्र १३, २०८२

जलेश्वर (महोत्तरी) । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० को पुख्र्यौली गाउँमा आज उत्सव मनाइएको छ । महोत्तरीको एकडारा गाउँपालिका–१ स्थित पुख्र्यौली गाउँ एकडारामा गाउँवासीले उत्सव मनाइएको हो ।

एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलले शाह देशकै प्रमुख कार्यकारी पद ९प्रधानमन्त्री० मा नियुक्त हुँदा जिल्लामै खुसीयाली मनाइएको बताउनुभयो । “एकडारा–१ मात्र होइन् जिल्लावासीले नै खुसियाली साटासाट गर्दै उत्सव मनाइरहेका छन्”, उहाँले भन्नुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई आज प्रधानमन्त्रीमा नियुक्त गर्नुभएसँगै एकडारावासी एकापसमा रङ, अबिर दलेर, फूलमाला लगाएर, एकापसमा अँगालो मारेर र शुभकामना तथा बधाई आदानप्रदान गरिरहेका एकडारा–१ का वडाध्यक्ष मनोज मण्डलले बताउनुभयो ।

वडाध्यक्ष मण्डलका अनुसार एकडाराको नाम इतिहासमा दर्ज भएको भन्दै पुख्र्यौली गाउँमा उत्सव मनाइएको छ । “आज एकडारावासी घरघरमा मीठो पकवान पकाएर खाने, खुवाउने गर्दैछन्, एकडारा गाउँभरि र बटुवालाई विभिन्न लड्डु, पेडा तथा मिठाइ बाँड्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री शाहको घर एकडारा–१ मा पर्छ । उक्त घरमा हाल एकडारा गाउँपालिकाको कार्यालय सञ्चालनमा छ । आज साँझ एकडाराको घरघरमा दीपावली मनाउने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष मण्डलले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300