२१ जेठ २०८३, बिहिबार

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण

Logo
आजको अपडेट शुक्रबार, चैत्र १३, २०८२

काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले पदभार ग्रहण गर्नुभएको छ ।

सिंहदरबारस्थित कृषि तथा पशुपक्षी विकास मन्त्रालायमा आज उहाँले पदबहाली गर्नुभएको हो ।

मन्त्रालयका सचिवद्वय डा दीपककुमार खराल र डा राजेन्द्रप्रसाद मिश्रले उहाँलाई स्वागत गर्नुभयो । उहाँहरूले मन्त्रालयका गतिविधिबारे ब्रिफिङ गर्नुभयो ।

कृषि प्रधान देश नेपालमा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशत कृषि क्षेत्रको योगदान रहँदै आएको छ भने ५० प्रतिशत जनशक्ति यस क्षेत्रमा संलग्न छन् । हाल कुल बजेटको तीन प्रतिशत बजेट यस क्षेत्रमा विनियोजन हुँदै आएकामा ८० प्रतिशतसम्म खर्च हुँदै आएको सचिवद्वयले जानकारी गराउनुभयो ।

त्यस अवसरमा मन्त्री चौधरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राथमिकताका कार्य छिनोफानो भएर आएपछि मात्र मन्त्रालयको पहिलो निर्णयमा हस्ताक्षर गर्ने बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300