२१ जेठ २०८३, बिहिबार

स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ : स्वास्थ्यमन्त्री मेहता

Logo
आजको अपडेट शुक्रबार, चैत्र १३, २०८२

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई हौसला प्रदान गर्नुपर्ने धारणा धारणा राख्नुभएको छ ।

मन्त्रालयमा आज आयोजित पदबहाली तथा स्वागत कार्यक्रममा उहाँले स्वास्थ्यका जनशक्तिलाई हौसला नदिइँदा विदेशिने स्थिति सृजना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ती जनशक्तिलाई स्वदेशमा नै बस्न सक्ने वातावरण मिलाउनुपर्छ, हौसला दिनुपर्छ ।”

मन्त्री मेहताले जनता र स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई सन्तुष्ट बनाउने कार्यलाई सरकारले प्राथमिकता दिने बताउनुभयो । जनशक्तिलाई सन्तुष्ट बनाउन सकेमात्र परिणाम प्राप्त गर्न सकिने र जनताले भरपर्दो सेवा प्राप्त गर्ने उहाँको भनाइ छ ।

उहाँले चिकित्सक तथा नर्सहरूले आफ्नो क्षमताअनुसार अवसर नपाएको बताउँदै यस्ता समस्या सुल्झाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300