२१ जेठ २०८३, बिहिबार

होटलमा युवती मृत फेला, सञ्चालक फरार

Logo
आजको अपडेट मंगलबार, चैत्र १७, २०८२

महेन्द्रनगर (धनुषा), १७ चैत । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ढल्केबरमा सञ्चालित ‘जुन तारा स्टाप लाइन’ होटलमा पोखरा महानगरपालिका वडा नम्बर–१३, मियापाटीकी २३ वर्षीया जेनिसा विक मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिनुभयो । उहाँका अनुसार मुखबाट फिँज निस्किएको अवस्थामा विकको शव फेला परेको छ ।

घटनापछि होटल सञ्चालक रामपुकार साह तथा होटलमा कार्यरत अन्य कर्मचारी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको र आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया ९मुचुल्का० पूरा गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल, जनकपुरधाम पठाइएकोे छ । घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300