२१ जेठ २०८३, बिहिबार

किसानलाई गहुँबाली भित्र्याउने चटारो

Logo
आजको अपडेट शुक्रबार, चैत्र २०, २०८२

कैलाली, २० चैत । कैलालीका किसानलाई यतिबेला गहुँबाली भित्र्याउन चटारो छ । अचेल गहुँ, मसुरोलगायत बाली भित्र्याउन यहाँका खेतबारी कृषकहरू व्यस्त देखिन्छन् ।

धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका कृषक करमदास चौधरी पनि अरु किसानजस्तै गहुँबाली भित्र्याउन व्यस्त हुनुहुन्छ । उहाँले भन्नुभयो, “घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने गरेको छ । अचेल बिहान सबेरै उठेर खेतमा जाने र झिसमिसे अध्याँरोमा फर्किने दिनचर्या नै बनेको छ ।”

केही दिनदेखि गर्मी बढ्दै गएको र मौसम एकनास नरहेकाले वर्षा हुनसक्ने भन्दै गहुँबाली भित्र्याउनका लागि आफूजस्तै किसानको अधिकांश समय खेतबारी मै बित्ने गरेको चौधरीको भनाइ छ ।

स्थानीय कृषक हरिराम चौधरीले गहुँ काटेर अब दाइँ गर्ने तयारीमा रहेको बताउनुभयो । “केही दिनदेखि मौसम फेरबदल भइरहेको छ, कतिबेला बादल लाग्छ त कतिबेला हावाहुरी चलेर पानी आउँला झै हुन्छ । त्यसैले पनि गहुँबाली छिटो भित्र्याउने चटारो छ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय कृषिमा आधुननिकीकरणसँगै आधुनिक उपकरणहरू प्रयोग गर्दा गहुँ दाइँ गर्न केही सहज भइरहेको किसानले बताउने गरेका छन् । कतिपय किसानले भने एकअर्कासँग पालोपैचो तथा पर्मा गर्दै गहुँ काट्ने र ‘थ्रिसेर’ लगाएर भित्र्याउने गर्ने गरेका छन् ।

वर्षभरिको अन्न मात्रै होइन, बाँकी रहेको गहुँ तथा दलहन बेचेर घर खर्चको जोहो गर्ने समय पनि भएकाले किसानहरू त्यसैमा लागिरहेका छन् । यसवर्ष यहाँका किसानहरूले विजय, गौतम, धौलागिरीलगायत विभिन्न जातका गहुँ लगाएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300