२१ जेठ २०८३, बिहिबार

एसइई परीक्षा: सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु

Logo
आजको अपडेट शुक्रबार, चैत्र २०, २०८२

किमाथाङ्का (सङ्खुवासभा), २० चैत । सङ्खुवासभामा माध्यमिक शिक्षा परीक्षा ९एसइई० का उत्तरपुस्तिका परीक्षण सुरु गरिएको छ । सरकारले छिटो, व्यवस्थित र समयमै नतिजा प्रकाशन गर्ने उद्देश्यसहित परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्न निर्देशन दिएअनुसार जिल्लाभरका १७ वटै परीक्षा केन्द्रमा परीक्षण सुरु गरिएको हो ।

आज दिउँसो १२ बजेदेखि १७ वटै परीक्षा केन्द्रको उत्तरपुस्तिका परीक्षण कार्य सुरु गरिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख गोपालमान भण्डारीले जानकारी दिनुभयो । आज साँझसम्म सक्ने गरी अङ्ग्रेजी र नेपाली विषयको उत्तरपुस्तिका परीक्षण सुरु गरिएको उहाँले बताउनुभयो ।

उत्तरपुस्तिका परीक्षणका लागि फरकफरक विद्यालयका विषयगत शिक्षक परिचालन गरिएको र सुरक्षाका लागि सिसीटिभी क्यामरा जडानलगायत आवश्यक प्रबन्ध गरिएको इकाइ प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

यहाँ जिल्लाभर दुई हजार ८४९ जना परीक्षार्थी रहेका छन् । जसमा नियमिततर्फ दुई हजार १२५ र ग्रेडवृद्धितर्फ पाँच सय २३ जना छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300