२१ जेठ २०८३, बिहिबार

स्वास्थ्य क्षेत्र सुधार गर्न सांसद कार्कीको मन्त्री मेहतालाई ध्यानाकर्षण

Logo
आजको अपडेट सोमबार, चैत्र २३, २०८२

विराटनगर, २३ चैत  । मोरङ क्षेत्र नं.  २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कृष्ण कार्की ले जनसंख्या तथा स्वास्थ्य मन्त्री निशा मेहता लाई स्वास्थ्य क्षेत्र सुधारका लागि ध्यानाकर्षण गराएका छन्।

सांसद कार्कीले आफ्नो निर्वाचन क्षेत्रसहित देशभरको स्वास्थ्य सेवाको वर्तमान अवस्था र सुधारका आवश्यकताबारे मन्त्री मेहताको ध्यानाकर्षण गराउँदै सर्वसाधारण नागरिकले सहज, गुणस्तरीय र पहुँचयोग्य सेवा पाउन अझै समस्या भोगिरहेको उल्लेख गरेका छन्।

उनका अनुसार विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा दक्ष स्वास्थ्यकर्मीको अभाव, आवश्यक औषधि र उपकरणको कमी तथा अस्पतालहरूको कमजोर व्यवस्थापनका कारण नागरिकहरू प्रभावित भइरहेका छन्।

यस सन्दर्भमा सांसद कार्कीले स्वास्थ्य क्षेत्र सुधारका लागि केही महत्वपूर्ण विषयमा तत्काल पहल गर्न आग्रह गरेका छन्। जसअन्तर्गत स्थानीय तहका अस्पतालहरूमा आधुनिक उपकरण तथा औषधिको सुनिश्चितता, डाक्टर, नर्स तथा प्राविधिकसहित दक्ष जनशक्तिको व्यवस्थापन र ग्रामीण क्षेत्रमा काम गर्न प्रोत्साहन, स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति, आपतकालीन तथा मातृ(शिशु स्वास्थ्य सेवाको सुदृढीकरण, स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र विस्तार तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी रोग रोकथाममा जोड दिनुपर्ने उल्लेख गरिएको छ।

सांसद कार्कीले यी कदमहरूको प्रभावकारी कार्यान्वयन भए स्वास्थ्य सेवाको गुणस्तर सुधार भई नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै, उनले प्रस्तुत सुझावहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न मन्त्री मेहतासँग आग्रह गरेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300