२१ जेठ २०८३, बिहिबार

गोलबजार मेयर गोल्डकप : उद्घाटन खेलमा इटहरी विजयी

Logo
आजको अपडेट मंगलबार, चैत्र २४, २०८२

सिरहा, २४ चैत। सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार मेयर गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, इटहरी विजयी भएको छ । गोलबजार नगरपालिका-२ गुरुधामस्थित खेलग्राममा भएको प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हेटौँडा फुटबल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै इटहरीले सुखद सुरुआत गरेको हो ।

निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका इटहरीका गोलरक्षक विवस चौधरी ‘म्यान अफ द म्याच’ घोषित भएका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै मधेस प्रदेशसभाका सदस्य एवं पूर्वमन्त्री सत्रुधनप्रसाद सिंहले खेलकुदले युवालाई अनुशासन र सकारात्मक मार्गमा डोर्‍याउने बताउनुभयो । उहाँले यस्ता स्थानीय प्रतियोगिताले लुकेका प्रतिभा उजागर गर्नुका साथै सामाजिक सद्भाव र एकता मजबुत बनाउने उल्लेख गर्नुभयो । खेल क्षेत्रको दिगो विकासका लागि राज्य र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकामा उहाँले जोड दिनुभयो ।

प्रतियोगिताअन्तर्गत आज दिउँसो २ः०० बजे सिरहाको सलहेश युवा क्लब र आयोजक गोलबजार स्पोट्र्स क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यही चैत २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले रु चार लाख ४४ हजार ४४४ र उपविजेताले रु दुई लाख २२ हजार २२२ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा देशका विभिन्न स्थानका आठ टोलीको सहभागिता छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300