२१ जेठ २०८३, बिहिबार

पाँच दिनदेखि सम्पर्कविहीन बाबुछोरी

Logo
आजको अपडेट मंगलबार, चैत्र २४, २०८२

तम्घास, २४ चैत । गुल्मीमा बाबुछोरी पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका–४ जैसिथोक निवासी अन्दाजी ३५ वर्षीय झम्मन गिरी आफ्नी तीन वर्षीया छोरीसहित गत शुक्रबारदेखि सम्पर्कविहीन हुनुभएको थियो ।

गिरीकी श्रीमतीको एक वर्षअगाडि मृत्यु भएको थियो । त्यसपछि गिरीले वडा कार्यालयबाट गाउँमा आर्थिक सङ्कलन गर्ने उद्देश्यसहित गरिबीको पत्र बनाउनुभएको थियो ।

सोही पत्रका आधारमा चन्दा उठाएर मादक पदार्थ सेवन गरी छोरीसहित झम्मन सम्पर्कविहीन भएको स्थानीय मानबहादुर कुँवरले जानकारी दिनुभयो । धुर्कोटकै हुलाकेमा खिचेको उनीहरूको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियो भाइरल भएसँगै बाल अधिकारकर्मी, महिला अधिकारकर्मीलगायतले बालिकाको खोजी गरिरहेका छन् ।

गिरीको घरमा एक वर्षयता बाबुछोरी मात्रै बस्दै आउनुभएको थियो । सन्तानमा उनकी एक्ली छोरी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नारायण अधिकारीले बाबुछोरीको खोजतलासी गर्ने कार्य जारी रहेको बताउनुभयो । मातहतका सबै निकायमा जानकारी गराएको र उनीहरूको ‘लोकेसन ट्र््याक’ गर्ने काम भएको अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300