२३ आषाढ २०८२, सोमबार

मलेसियामा नेपाली युवाको हत्या

Logo
आजको अपडेट मंगलबार, भाद्र १८, २०८१
मलेसियामा नेपाली युवाको हत्या

मलेसियामा एक नेपाली युवाको हत्या भएको छ । मृतक रुपेश यादव सिराहा जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नं. २ रातपुरका स्थायी बासिन्दा हुन् ।

प्राप्त जानकारी अनुसार, यादवको हत्या उनकै साथी मिलन गुरुङले गरेका हुन् । गुरुङले हिजो राति चक्कु प्रहार गरी यादवको हत्या गरेको बताइएको छ । हत्या पश्चात् गुरुङ फरार रहेको जानकारी प्राप्त भएको छ ।

मिलन गुरुङ

मृतक यादव मलेसियाको एक सुपरमार्केटमा कार्यरत रहेको बताइएको छ । हाल मृतकको शव उद्धारको लागि कुशवाहा कल्याण समाज मलेसियाले प्रयास गरिरहेको छ ।

यो घटनाबारे मलेसियाबाट सम्वाददाता राम नारायण मेहताले जानकारी दिएका हुन् । प्रहरीले यस घटनाको अनुसन्धान गरिरहेको र फरार आरोपीको खोजी कार्य जारी रहेको अनुमान गरिएको छ ।

यो दुःखद घटनाले मलेसियामा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षाको विषयमा चिन्ता बढाएको छ । थप जानकारीको लागि स्थानीय अधिकारीहरू र नेपाली दूतावासको प्रतिक्रियाको प्रतीक्षा गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300