२१ जेठ २०८३, बिहिबार

सुनचाँदीको मूल्य वृद्धि

Logo
आजको अपडेट बुधबार, चैत्र २५, २०८२

काठमाडौँ, २५ चैत । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ । सुन प्रतितोला रु सात हजार २०० र चाँदी तोलामा रु २०५ ले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९९ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार २५ कायम भएको छ । हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८२० कायम भएको थियो ।

गत सोमबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९१ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७८० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८७० र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300