२१ जेठ २०८३, बिहिबार

प्रतिनिधिसभा : सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण

Logo
आजको अपडेट बुधबार, चैत्र २५, २०८२

काठमाडौँ, २५ चैत । प्रतिनिधिसभाको आजको बैठकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर फर्किएका महोत्तरीका तीन विद्यार्थीको सवारी दुर्घटनामा निधन भएको विषयमा ध्यानाकर्षण गराइएको छ ।

सभाको आजको आकस्मिक समयमा सांसद समिना मियाँले जलेश्वर–बर्दिबास सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा दुःखद् निधन भएको विषयमा दुःख व्यक्त गर्दै यस्ता घटना हुन नदिन सडक सुरक्षा, सचेतना, ट्राफिक नियमको कडाइपूर्ण पालना र शीघ्र उद्धार प्रबन्धको योजना बनाउन माग गर्नुभयो । उहाँले घाइतेहरूको निःशुल्क उपचारका लागि पनि आग्रह गर्नुभयो ।

जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा मङ्गलबार दुई मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300