२१ जेठ २०८३, बिहिबार

नेप्से परिसूचकमा ४५ अङ्कको सुधार

Logo
आजको अपडेट बुधबार, चैत्र २५, २०८२

काठमाडौँ, २५ चैत । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ४५ दशमलव १२ अङ्कले बढेर दुई हजार ८०२ दशमलव ५२ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ६३ प्रतिशतको वृद्धि हो ।

आज ३४६ कम्पनीको एक करोड ८८ लाख १६ हजार ८०८ कित्ता शेयर ९८ हजार १६२ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ३१ करोड ८९ लाख आठ हजार ४४१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ८७, होटल तथा पर्यटन दुई दशमलव ५६ र जलविद्युत् समूह दुई दशमलव ६१ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ एक दशमलव १६, विकास बैंक एक दशमलव ९८, वित्त एक दशमलव ४५, लगानी एक दशमलव ३५, जीवन बीमा एक दशमलव ३१, लघुवित्त एक दशमलव २८, जीवन बीमा एक दशमलव ०१, म्युचुअल फण्ड शून्य दशमलव ९९, व्यापार शून्य दशमलव ६१ र अन्य समूह एक दशमल १५ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300