२१ जेठ २०८३, बिहिबार

सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ : संयोजक दाहाल

Logo
आजको अपडेट शनिबार, चैत्र २८, २०८२

काठमाडौँ, २८ चैत । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयतालाई सुदृढ बनाउन र जनतालाई थप अधिकार दिने सन्दर्भमा संविधान संशोधन गर्न सकिने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)ले आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजना गरेको राजनीतिक प्रशिक्षणमा उहाँले आफूहरु संविधान संशोधनको विरोधी नभएको स्पष्ट पार्नुभयो ।

“संविधानभित्र रहेर सरकारले गर्ने राम्रा कामको सदैव समर्थन गर्छौँ, संविधान मिच्ने, जनताको हकअधिकार खोस्ने तथा राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ”, संयोजक दाहालले भन्नुभयो । उहाँले विद्यार्थी तथा कर्मचारीको ट्रेड युनियनको हकअधिकारबारे उठाइएका सवाललाई गम्भीररूपमा लिनुपर्ने बताउनुभयो ।

संयोजक दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा निर्वाचनबाट जुन शक्ति विजयी भए पनि सबैको जित हुने धारणा राख्नुभयो । “अर्को पार्टीले जितेपनि हामीले हारेको भन्न मिल्दैन । जुनसुकै पार्टीबाट आए पनि त्यो संविधान, गणतन्त्र, समावेशिताको जित हो”, उहाँले भन्नुभयो ।

नेकपाका सहसंयोजक माधवकुमार नेपालले लोकतन्त्रको रक्षार्थ आफ्नो पार्टी बलिदान गर्न तयार रहेको बताउनुभयो । उहाँले सामाजिक विभेद अन्त्य तथा जनअधिकार स्थापित गर्ने सवालमा अग्रपङ्क्तिमा उभिन महिला सङ्घलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300