२१ जेठ २०८३, बिहिबार

इटहरी गोल्डकप: मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश

Logo
आजको अपडेट बुधबार, बैशाख ०२, २०८३

धरान (सुनसरी), चैत २ । मच्छिन्द्र फुटबल क्लब, काठमाडौँ यहाँको इटहरीमा जारी १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रात्रिकालीन समयमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत हिजो  इटहरीस्थित रङ्गशालामा सम्पन्न खेलमा झापा ११ लाई ‘सडनडेथ’मा ८–७ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको थियो । पेनाल्टीमा दुवै टोलीले ५–५ गोल गरेपछि खेल ‘सडेनडेथ’मा पुगेको हो । त्यस क्रममा झापाका खेलाडी विशाल मादीको प्रहार बाहिरिएपछि मच्छिन्द्रको जित सुनिश्चित भएको हो ।

मच्छिन्द्रका तर्फबाट देवेन्द्र तामाङ, सनिस श्रेष्ठ, दीपेश गुरुङ, मिलन राई, सौरभ लिम्बू, एलिक श्रेष्ठ, विशाल भण्डारी र रोहित चन्दले गोल गरेका थिए । यस्तै, झापा ११ का लागि प्रसान्त लिम्बू, निशान बस्नेत, बाबा टुण्डे, स्मार्टा मिउटु सलोमन किंग, राजेश दाहाल र किरण सुमारले गोल गरे ।

खेलको ५५औँ मिनेटमा बाबा टुण्डेको गोलबाट झापाले अग्रता लिएको थियो । त्यसैगरी ४३औँ मिनेटमा मच्छिन्द्रका सनिस श्रेष्ठले गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याए ।

आजको खेलको ‘प्लेयर अफ द म्याच’ मच्छिन्द्र क्लबका सनिस श्रेष्ठ घोषित भऐ । उनलाई नगद रु १० हजार प्रदान गरिएको प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिनुभयो ।

यही वैशाख ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले रु १० लाख तथा उपविजेताले रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख, सर्वाधिक गोलकर्तालाई रु २५ हजार तथा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई जनही रु २० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

गत वर्षको संस्करणमा मच्छिन्द्र क्लब, काठमाडौँले उपाधि जितेको थियो भने चर्च ब्वाइज युनाइटेड उपविजेता बनेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300