काठमाडौँ, १४ वैशाख । सरकारले सशस्त्र प्रहरी बल नेपाल को सशस्त्र प्रहरी महानिरीक्षक ९आईजीपी० पदमा नारायणदत्त पौडेल लाई बढुवा नियुक्ति गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा आज बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षकका रूपमा कार्यरत पौडेललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो।
बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल ले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै व्यापारिक कारोबार गर्न पाउने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय भएको बताए। सो सम्बन्धी सूचना नेपाल राजपत्र मा प्रकाशन गरिनेछ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले भन्सार नियमावली, २०८३ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ।
