२१ जेठ २०८३, बिहिबार

हुरीले दुई बिघाको केराखेतीमा क्षति

Logo
आजको अपडेट बुधबार, बैशाख २३, २०८३

घोराही (दाङ), २३ वैशाखः यही वैशाख २० गते गएको ठूलो हावाहुरीले घोराही उपमहानगरपालिका–१२ मा लगाएको दुई बिघा केराखेतीमा ठूलो क्षति गरेको छ ।

घोराही–१२ रतनपुरमा हुमबहादुर केसीले लगाएको दुई बिघाको केरा पूर्ण रूपमा हावाहुरीले नष्ट गरेको छ । बिक्रीका लागि तयार हुँदै गरेको केरा हावाहुरीका कारण नष्ट भएको उहाँले बताउनुभयो ।

माध्यामिक विद्यालय हापुर रतनपुरको १० बिघा जग्गा भाडामा लिएर पाँच वर्षदेखि व्यावसायिक रूपमा कृषिकर्ममा लागेका केसीले बिमा नगरेका कारण ठूलो नोक्सानी बेहोर्नु परेको हो । चार बिघामा केरा लगाउनु भएका केसीको दुई बिघाको केरा पूर्ण रूपमा नष्ट भएको छ भने दुई बिघामा रहेको केरामा आंशिक क्षति पुगेको छ ।

केसीले भाडामा लिएको १० बिघामध्ये चार बिघामा केराखेती, तीन वटा खोरमा तीन हजार ब्रोइलर कुखुरापालन र अन्य जग्गामा मकै खुर्सानीलगायत खेती गर्दै आउनुभएको छ ।

जापानको चार वर्षको बसाइँ छाडेर स्वदेशमै केही गर्ने उद्देश्यले व्यावसायिक रूपमा कृषिकर्ममा जोडिएका केसीले चार जना स्थानीयलाई रोजगारी दिँदै आउनुभएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300