२१ जेठ २०८३, बिहिबार

दुहबीमा १२ जना किसानलाई ५० प्रतिशत अनुदानमा च्याप कटर वितरण

Logo
डुमरलाल मेहता शनिबार, बैशाख २६, २०८३

विराटनगर, २६ वैशाख । सुनसरीको दुहबी नगरपालिकाले १२ जना किसानलाई ५० प्रतिशत अनुदानमा च्याप (घाँस) कटर वितरण गरेको छ ।

दुहबी नगरपालिका पशु सेवा शाखाको आयोजनामा शुक्रबार पशु सेवा शाखा कार्यालय दुहबीमा आयोजित कार्यक्रममा किसानहरूलाई घाँस कटर वितरण गरिएको हो ।

कार्यक्रममा दुहबी नगरपालिकाका मेयर बेद नारायण गच्छदारले किसानलाई कृषि तथा पशुपालन व्यवसायमा आधुनिक उपकरणको प्रयोग आवश्यक रहेको बताउँदै नगरपालिकाले किसानको उत्पादन वृद्धि र व्यवसायिक पशुपालन प्रवर्द्धनका लागि विभिन्न सहयोग गर्दै आएको जानकारी दिए ।

मेयर गच्छदारले आधुनिक कृषि उपकरणको प्रयोगले किसानको श्रम, समय र लागत घटाउन मद्दत पुग्ने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।

नगरपालिकाका अनुसार पशुपालन व्यवसायलाई सहज, प्रभावकारी र आधुनिक बनाउन कार्यक्रम सञ्चालन गरिएको हो । घाँस कटर वितरणबाट किसानलाई हरियो घाँस व्यवस्थापनमा सहज हुने तथा पशुपालन व्यवसायलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने  बताए ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300