२१ जेठ २०८३, बिहिबार

सञ्चारकर्मीसँग छलफल गर्दै संविधान संशोधन कार्यदल

Logo
आजको अपडेट सोमबार, बैशाख २८, २०८३

काठमाडौँ, २८ वैशाख । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज सञ्चारकर्मीहरुसँग छलफल गर्दैछ ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहाकार अशिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न सञ्चारमाध्यममा आबद्ध वरिष्ठ पत्रकार तथा सञ्चारकर्मीसँग संविधान संशोधनका विषयमा आज दिउँसो ४ः०० बजे परामर्श र छलफल गर्न लागेको हो ।

कार्यदलका सदस्य सचिव लिलाधर सुवेदीले छलफलका क्रममा सहभागीहरुबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव सङ्कल्न गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300