विराटनगर, ३० वैशाख । मोरङको विराटनगर–६ सरोचियास्थित गोदावरी सेकेन्डरी इङ्ग्लिस स्कुलले यस वर्षको शैक्षिक नतिजामा उत्कृष्ट सफलता हासिल गरेको छ । विद्यालयले सार्वजनिक गरेको विवरण अनुसार सहभागी विद्यार्थीमध्ये शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
विद्यालयका अनुसार विद्यार्थीहरूले A+, A, B+ र B ग्रेड ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका हुन् । विद्यालयले सफल विद्यार्थीहरूलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ ।
यस वर्ष उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरूमा लक्ष्मी कुमारी मण्डलले ३.६६ जिपीए सहित अग्रस्थान हासिल गरेकी छन् । त्यसैगरी शिक्षा खड्का, अंकुश बर्मा, सक्षम झा, महिमा यादव, सञ्जु कुमारी मण्डल, अमर गुप्ता, वर्षा मिश्र लगायतका विद्यार्थीहरूले पनि उत्कृष्ट नतिजा ल्याएका छन् ।
विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण तथा शिक्षक–अभिभावकको सहकार्यका कारण उत्कृष्ट नतिजा सम्भव भएको जनाएको छ । साथै विद्यालयले नयाँ शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा ९ सम्म भर्ना खुला गरिएको जानकारी दिएको छ ।
गोदावरी सेकेन्डरी इङ्ग्लिस स्कुल विराटनगर क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि परिचित विद्यालयका रूपमा स्थापित हुँदै आएको विद्यालयले जनाएको छ ।
